गोरखा । गोरखाका कृषकहरुलाई गाउँपालिकाले उन्नत जातका भैँसी वितरण गरेको छ ।

शहिद लखन गाउँपालिकाले चालु आ.व. २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार लागत साझेदारीमा भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको मुर्रा भैँसी वितरण गरेको हो ।
गाउँपालीकाको वडा नं ६ र ९ लाई भैँसी पकेट क्षेत्र निर्धारण गरेर अनुदानमा ५० वटा मुर्रा भैँसी वितरण गरिएको गाउँपालीका पशु सेवा शाखाले जनाएको छ ।

यस कार्यक्रमका लागी संघीय सरकारबाट ५० प्रतिशत शसर्त अनुदानमा रु. २१ लाख ८० हजार प्राप्त भएको थियो भने कृषकहरुको तर्फबाट ५० प्रतिशत बराबरको साझेदारी रहेको बताइएको छ ।
गाउँपालिकालाई दुग्ध जन्य पदार्थमा आत्मनिर्भर हुन मद्दत पुग्ने अपेक्षा सहित उन्नत जातको भैँसी वितरण गरिएको गाउँपालीकाले जनाएको छ ।
