• मंगलबार, असोज १३ २०८३

एकल महिलालाई करणीको प्रयास गरेको आरोपमा गोरखाका एक युवक पक्राउ


मंगलबार, चैत्र ३१ २०७७
1.2K
Shares


गोरखा। एकल महिलालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले गोरखाका एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको अजिरकोट गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २१ का गोबिन्द गुरुङलाई गत चैत २७ गते महिलालाई करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

पिडित महिलाले दिएको जाहेरी अनुसार गुरुङलाई आइतबार पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका गुरुङविरुद्ध जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार