• सोमबार, साउन २५ २०८३

ट्याक्टरबाट खसेर गोरखामा एक छात्रको मृत्यु


मंगलबार, चैत्र ३१ २०७७
565
Shares


गोरखा । गोरखामा ट्याक्टरबाट खसेर एक छात्रको ज्यान गएको छ ।

शहिदलखन गाउँपालिका वडा नं ९ छेलाङे चोक नजिकै सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा अध्यनरत १३ वर्षिय विवश ढकालको आज बिहान ट्याक्टरबाट खसेर ज्यान गएको हो ।

received_4003693269673563.jpeg

घैरूङबाट नाम्जुङतर्फ आईरहेको ग १ त ४५८२ नं को ट्याक्टरमा बिहानको कक्षा सकेर घर फर्कने क्रममा खसेर ज्यान गएको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए ।


घटनाको थप अनुसन्धानको लागि बुङकोट प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार