• बुधबार, साउन १३ २०८३

शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द


सोमबार, चैत्र ३० २०७७
625
Shares


शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि बुटवलको कालिका मानवज्ञान माविमा पठनपाठन बन्द गरिएको छ।

गत साता टनकपुर तथा भारतका विभिन्न स्थानमा शैक्षिक भ्रमणको लागि गएका विद्यालयका शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि वैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा शिक्षा महाशाखाले जानकारी दिएको छ।

उपमहानगरपालिकाका स्वास्थ्य तथा शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयका ७ जना शिक्षकहरूमा कोरोना संक्रमण देखिएपछि गत शुक्रबारदेखि नै विद्यालय बन्द गरिएको जानकारी दिए।

विद्यालयबाट प्रधानाध्यापकसहित करिब १ सय जना शिक्षकहरू शैक्षिक भ्रमणको लागि गएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अरू सबै शिक्षकहरू होम—आइसोलेसनमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार