काठमाडौं । नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ७८ जनामा पिसिआर गर्दा ४ सय ९६ र ७ सय २७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५ सय २४ पुगेको छ।
पछिल्लो २४ घन्टामा १ सय ३८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार १ सय ६५ पुगेको छ।

त्यस्तै, कोरोनाको संक्रमणबाट थप १३ जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ।