तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका — ५ बरालुङका हत्या गरेर घटना गोप्य राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बरालुङका १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले सोहि ठाँउ बस्ने ५० वर्षीय आइतसिं गुरुङलाई पक्राउ गरेका हन् ।
चैत २२ गते लाठि सहित कडा वस्तुले शरीरको संवेदनशील अङगमा कुटपिट गर्दा शिशिर घाइते भएको थियो ।
कुटपिटबाट घाइते शिशिरको चैत २४ गते मृत्यु भएको घटनालाई गोप्य राखी लास सनाखत गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट लास उत्खन्न् गरेको थियो ।

आरोपितविरुद्ध आइतबार जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
शवको पोष्टमार्टमका लागी गण्डकी स्वास्थ्य प्रतिष्ठान पठाएको छ ।