गोरखा । गोरखा सेवा समाज नेपालले जिल्ला भित्रका विभिन्न संघसंस्थालाई कम्प्युटरसहित आर्थिक सहयोग वितरण गरेको छ ।

समाजले आइतबार सदरमुकाममा एक कार्यक्रम गरि सामुदाकि सेवा केन्द्र गोरखा, द ओसन क्लब र समाजका कतार च्याप्टरका बिपतमा परेका एक व्यक्तिलाई सहयोग वितरण गरेको हो ।
समाजका अध्यक्ष कैलाशबाबु श्रेष्ठले सामुदायिक सेवा केन्द्रलाई १ थान कम्प्यूटर, ओसन क्लबलाई निर्माणाधिन फुटसल मैदान निर्माणका लागि नगद रु २५ हजार प्रदान उपलब्ध गराएका हुन् ।

यसैगरि समाज कतार च्याप्टरका बिपतमा परेका सदस्य गण्डकी गाउँपालिका ढावे घर भएका नारायणप्रसाद पन्तलाई नगद रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
पन्तले राजधानीमा सञ्चालन गर्दै आएको ब्यवसायमा आगलागीबाट पूर्ण क्षति हुनुका साथै बिरामी भएकाले उपचारमा समस्या भएपछि सहयोग प्रदान गरेको समाजका सचिव गणेश बानियाँले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष नरेन्द्र ढकाल, सह सचिव गुणराज रोक्का, सेवा केन्द्रका उपाध्यक्ष रामहरी केसी, कोषाध्यक्ष काजीराम श्रेष्ठ, समाजका उपाध्यक्ष ईमान जंङ बानियाँ, सचिव गणेश बानियाँ र कोषाध्यक्ष काजीराम बानियाँ लगायतका उपस्थिति रहेको थियो ।