• सोमबार, साउन २५ २०८३

करेन्ट लागेर दम्पतीको मृत्यु


सोमबार, चैत्र ३० २०७७
525
Shares


करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।

सोमबार बिहान ९ बजे हेटौंडा उपमहानगरपालिका—९ शान्तिचोक बस्ने दम्पतीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए।

घरमा भएको मिटर बस्कबाट तार लत्रियो भनेर फलामको डन्डीले श्रीमान—श्रीमती मिलेर उठाउने क्रममा करेन्ट लागेको हो ।

डिएसपी रिमालका अनुसार पाख्रिन दम्पतीलाई करेन्ट लागेपछि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेपछि उनीहरूलाई अस्पतालले सवा नौ बजे मृत घोषित गरेको थियो।

मृत्यु हुनेमा श्रीमान ३५ वर्षीय समिर पाख्रिन र श्रीमती ३० वर्षीया अंशु पाख्रिन छन्।

घटनासम्बन्धी प्रहरीलाई तत्कालै खबर भएको थियो। प्रहरीको टोली मुचुल्का गर्न खटिएको छ। करेन्ट लागेर आगलागी नभएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार