• सोमबार, साउन २५ २०८३

मनकामना केबलकार आजदेखि सञ्‍चालनमा आउने


सोमबार, चैत्र ३० २०७७
510
Shares


गोरखा । गोरखाको शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना केबलकार आजदेखि पुनः सञ्‍चालनमा आउने भएको छ।

मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्‍चालनमा आउन लागेको हो।

यसअघि चैत ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइए पनि मर्मतकार्य समयमै सकिएकाले आज (सोमबार)देखि पुन सुरू हुने भएको हो।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए।

६ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्‍न भएकोले सञ्‍चालनमा ल्याउन लागिएको सञ्‍चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार