• बुधबार, साउन १३ २०८३

आइतबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि


आइतबार, चैत्र २९ २०७७
525
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार १ सय २५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

आइतबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमित २ हजार ९ सय ६१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार