• मंगलबार, असोज १३ २०८३

हेलिकप्टरबाट पानी लिएर निभाउन थालियो नागार्जुन जंगलको आगो


आइतबार, चैत्र २९ २०७७
915
Shares


काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रणमा लिन हेलसिकप्टर उडाइएको छ।

बुढानिलकण्ठ नगरपालिका—१ को जंगलमा लागेको आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए।

सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउने प्रयास भइरहेको छ।

आइतबार बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए।

आगो निभाउन तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका थिए। जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार