• सोमबार, साउन २५ २०८३

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ


आइतबार, चैत्र २९ २०७७
560
Shares

Modern metal handcuffs. Vector illustration in flat style

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

लामाले आफू लेखनदासको काम गर्ने र प्रहरीसँग जुनसुकै काम गराइदिन्छु भन्दै सर्वसाधारणसँग रकम माग्ने गरेको गुनासो आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार