• सोमबार, साउन २५ २०८३

होटेलमा युवकको शव भेटियो, २ जना पक्राउ


आइतबार, चैत्र २९ २०७७
635
Shares


काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।

शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ ।

मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार