• सोमबार, साउन २५ २०८३

बाढीका कारण कोइला खानीमा फसे २१ कामदार


आइतबार, चैत्र २९ २०७७
545
Shares


काठमाडौं । चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा बाढीका कारण २१ जना कामदार फसेका छन्।

सिन्ह्वाका अनुसार शनिबार २९ जना कामदारले काम गरिरहेको खानीमा बाढीको पानी भरिएको थियो। हालसम्म ८ जनाको उद्धार गरिएको छ।

हुटुबी काउन्टीको खानीमा फसेका २१ जनालाई हाल उद्धारको प्रयास जारी राखिएको बताइएको छ।

उद्धारकर्ताका अनुसार हाल श्रमिकहरु फसेको स्थान पत्ता लागिसकेको छ।

उनीहरुलाई सास फेर्न गाह्रो हुन नदिनको लागि खानीमा अक्सिजन पम्प गरिएको छ। साथै पानीलाई पनि बाहिर फ्याँक्ने काम जारी राखिएको छ।

चीनका खानीहरु विश्वमै खतरनाक मानिन्छन्। गत जनवरीमा मात्र सान्दोङको सुनखानीमा बिस्फोट हुँदा दुई कामदारको मृत्यु भएको थियो।

त्यसअघि गत डिसेम्बरमा चोङकिङको एक खानीमा २३ जनाको मृत्यु हुँदा त्यसको तीन महिना अगाडि अर्को कोइला खानीमा १६ जनाको मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार