• सोमबार, साउन २५ २०८३

एक महिनाको अवधिमा १७१ फरार प्रतिवादी पक्राउ


आइतबार, चैत्र २९ २०७७
600
Shares


चितवन । चितवनमा चैत महिनामा ठूलो संख्यामा फरार प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चैत महिनामा मात्रै १७१ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालत चितवनसमक्ष पेश गरिएको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सार्वजनिक अपराध, लागूऔषध, चोरी, सवारी ज्यान, वन तथा राष्ट्रिय निकुञ्ज सम्बन्धी अपराध, हातहतियार तथा खरखजना, कुटपिट र कालोबजारी लगायतका मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरिएको थापाले बताए ।

उनीहरुबाट १८ वर्ष ३ महिना ५ दिन कैद र ७ लाख ७५ हजार जरिवाना असुल गरिएको प्रवक्ता थापाले बताए ।

थापाका अनुसार विगत २३ वर्षदेखि फरार रहेकाहरुलाई समेत पक्राउ गरिएको छ । चालु आर्थिक वर्षमा मात्रै विभिन्न मुद्दाका ३८६ फरार प्रतिवादीहरु पक्राउ गरिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार