• सोमबार, साउन २५ २०८३

मनकामना केबलकार सोमबारदेखि सञ्‍चालनमा आउने


आइतबार, चैत्र २९ २०७७
510
Shares


गोरखा । गोरखाको शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना केबलकार सोमबारदेखि पुनः सञ्‍चालनमा आउने भएको छ।

मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्‍चालनमा आउन लागेको हो।

यसअघि चैत ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइए पनि मर्मतकार्य समयमै सकिएकाले भोलि सोमबारदेखि पुन सुरू हुने भएको हो।

मर्मत गर्दै प्राविधिक। तस्बिरः मनकामना केवलकार।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न भएकोले चैत ३० गते सोमबारबाटै सञ्‍चालनमा आउने जानकारी दिएको हो।

चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए।

६ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्‍न भएकोले सञ्‍चालनमा ल्याउन लागिएको सञ्‍चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार