• मंगलबार, असोज १३ २०८३

धारिलो हतियार प्रहार गरी एकको हत्या


आइतबार, चैत्र २९ २०७७
635
Shares


धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाईका ५२ वर्षीय विको सहनीको गए राति हत्या भएको हो।

घटनामा उनकै छोराको संलग्नता रहेको हुन सक्ने अनुमान प्रहरीको छ। उनका छोरा फरार छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार सहनीमाथि धारिलो हतियार प्रहार भएको छ।

गम्भीर घाइते सहनीलाई उपचारका लागि कोसी अस्पताल पुर्‍याइएको थियो। चिकित्सकहरूले उनको मृत्यु भइसकेको बताएका थिए।

उनको घाँटीमा गहिरो चोट छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार