• सोमबार, साउन २५ २०८३

अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना


शुक्रबार, चैत्र २७ २०७७
545
Shares


काठमाडौं । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ। देशको पहाडी भू—भागहरूमा आंशिक बदली रहेको छ ।

शुक्रबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू—भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी तथा मध्य पहाडी तथा तराईका केही भू—भागहरुमा हल्का तुवाँलोसमेत लाग्न सक्ने सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार