• मंगलबार, असोज १३ २०८३

अल्लु अर्जुनको नयाँ लुक्स देखेर फ्यानहरू दंग, हेर्नुस् भिडयो


शुक्रबार, चैत्र २७ २०७७
610
Shares


एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता अल्लु अर्जुनको नयाँ फिल्मको टिजर सार्वजनिक भएको छ।

फिल्म ‘पुष्पराज’ मा उनको नयाँ लुक्स देखेर धेरै फ्यानहरू दंग परेका छन्।

फिल्म पुष्पराजको निर्देशन र लेखन सुकुमारले गरेका हुन् भने यसका निर्माता नवीन यरनेनी र वाइ रवि शंकरले गरेका हुन्।

फिल्ममा अल्लु अर्जुन दाह्रीजुँगा पालेका ‘रफ एन्ड टफ’ लुक्समा देखिएका छन्।

अप्रिल ७, बुधबार पुष्पराजको टिजर सार्वजनिक भएको हो भने अप्रिल ८, बिहीबार उनको जन्मदिन। नयाँ फिल्मको टिजर सार्वजनिक र जन्मदिन सँगसँगै परेपछि अल्लु अर्जुनलाई बधाइ दिनेको ओइरो लागेको थियो।

फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डनाको पनि अभिनय छ।

यो फिल्म यही वर्ष अगस्ट १३ मा विभिन्न पाँच भाषाः हिन्दी, तेलगु, तमिल, मलयम र कन्नड भाषामा सार्वजनिक हुनेछ।

हेर्नुस् टिजरः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार