• मंगलबार, असोज १३ २०८३

४० हजार घुससहित प्रहरी जवान पक्राउ


शुक्रबार, चैत्र २७ २०७७
710
Shares


काठमाडौं । एक प्रहरी जवान घुससहित पक्राउ परेको छ । ४० हजार रुपैयाँ घुससहित सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान पक्राउ परेका हुन्।

उजुरी मिलाइदिने बहानामा घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई बिहीबार पक्राउ गरेको हो।

अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई विराटनगर महानगरपालिका—४ नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार