काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।