गोरखा । बिहीबार साँझ आएको हावाहुरी सहितको असिनापानीले जिल्लामा धनमालको नोक्सान गरेको छ । धेरै ठाउँमा लगाइएको तरकारी, मकै लगायतका खेतीपाती नष्ट गरेको छ ।

हुरीले जिल्लाका विभिन्न ठाउँमा घरका छाना समेत उठाएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
बारपाक सुलिकोट गाउँपालिका ८ का विभिन्न ठाउँ, ७ को ताकुकोट लगायत उक्त गाउँपालिका अन्य स्थानहरु, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकाका विभिन्न ठाउँमा ठूलो असिना पानी परेको थियो ।

त्यहाँका धेरै घर तथा अन्य भौतिक संरचनामा पनि हावाहुरीले क्षति पु¥याएको प्रहरीले बताए। राती अबेरसम्म निरन्तर हावाहुरी आइरहेको र जिल्लाका अधिकाशं स्थानमा संचार सम्बन्ध स्थापित गर्न समस्या भएको डिएसपी दाहालले बताए ।
क्षतिको विवरण आउने बाँकी रहेको उनको भनाई छ ।
