• सोमबार, साउन २५ २०८३

धार्चेमा गोठालालाई रेडियो उपहार


शुक्रबार, चैत्र २७ २०७७
740
Shares

गोरखा । जिल्लाको धार्चे गाउँपालिकाले गोठालाहरुलाई रेडियो उपहार दिएको छ । भेडीगोठमा बस्ने गोठालाहरुलाई आवश्यक सूचनाहरु प्रवाह गराउने उदेश्यले रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले बताए ।

‘गोठमा बस्ने दाजुभाइ दिदिबहिनीहरु संचारको दुनियाँबाट धेरै टाढा हुनुहुन्छ,’ उनले भने, ‘कतिपय ठाउँमा मोबाइल पनि टिप्दैन । उहाँहरुले कम्तीमा रेडियो मात्र सुन्न पाउनु भयो । देश विदेशमा के भइरहेको छ भन्ने जानकारी त पाउनु हुन्छ ।’

रेडियो मार्फत गाउँपालिकाले गरेका गतिविधि र सूचना पनि उनीहरु सामु पु¥याउन सकिने लक्ष्य लिइएको छ । ‘हामीले गरेका काम र गाउँपालिकाका सूचनाहरु स्थानीय रेडियो मार्फत आइरहेका हुन्छन्,’ उनले भने,‘गाउँपालिकाले सिर्जना गरेका अबसर र आवश्यक जानकारीहरु भिरपाखामा भेडा चराउँदै पनि लिन सकिन्छ ।’

त्यसको लागि स्थानीय एफएम रेडियोहरुसँग समन्वय गरी स्थानीय भाषामा सूचना तथा समाचार प्रशारण गर्ने गाउँपालिकाको योजना छ । उक्त कार्यले गर्दा भेडी गोठमा बस्नेहरु पनि सञ्चारको पहुँचमा आउने देखिन्छ ।

रेडियोसँगै १/१ थान सोलार पनि उपलब्ध गराइएको धार्चे गाउँपालिकाले जनाएको छ । अहिलेसम्म २० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको अध्यक्ष गुरुङले बताए । उक्त कार्यका लागि २ लाख बजेट बिनियोजन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार