गोरखा । सिरानचोक गाउँपालिका ३ हर्मीमा वडा कार्यालय भवन बन्ने भएको छ ।

साबिकको गाबिस भवन रहेको ठाउँमै नयाँ भवन निर्माण गर्न लागिएको वडाध्यक्ष बिरबहादुर थापाले बताए । बिहीबार एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष राजु गुरुङले वडा कार्यालय भवनको शिलन्यास गरेका छन् ।
खोप्लाङ कन्स्ट्रसनले निर्माणको जिम्मा पाएको उक्त भवन यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ५३ लाख लागत अनुमान गरिएको उक्त भवनमा दुई वटा कार्यालय कोठा, सभाहल र शौचालय रहने बताइएको छ ।



कार्यक्रममा उपाध्यक्ष रीता देबकोटा, सिरानचोक गाउँपालिकाको प्राविधिक शाखाका इन्जिनियर एवं प्राविधिकहरु, कार्यपालिका सदस्य वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी पालुङ्टार नगरपालिका ७ च्याङ्लीको वडा कार्यालय भवन पनि शिलन्यास भएको छ । एक कार्यक्रमका वीच नगरप्रमुख दिपकबाबु कंडेलले उक्त भवनको शिलन्यास गरेका हुन् ।

आमा इन्जिनियरिङले निर्माण गर्ने अपाङ्गतामैत्री १६ कोठे पक्की भवन अबको ६ महिना भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको नगरपालिकाका इन्जिनियर अनुप देवकोटाले जानकारी दिए ।
उक्त कार्यालय भवनमा कार्यालय कोठा, बैठक कक्ष, शौचालय लगायतका संरचना बनाइनेछ । भवन निर्मााणको लागत १ करोड अनुमान गरिएको छ ।
शिलन्यास कार्यक्रममा वडाध्यक्ष बसन्त श्रेष्ठ, स्वास्थ्यचौकी भरतराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
