• मंगलबार, असोज १३ २०८३

बिहीबार थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि


बिहिबार, चैत्र २६ २०७७
630
Shares

काठमाडौं । नेपालमा थप ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ सय ३२ मा कोरोना संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ।

पछिल्लो २४ घन्टामा ७९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार ३८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार