• सोमबार, साउन २५ २०८३

एपिएफलाई हराउँदै हेल्प नेपालले जित्यो उपाधि


बिहिबार, चैत्र २६ २०७७
555
Shares


काठमाडौं । राजधानीमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ।

बिहीबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको फाइनलमा विभागीय टोली एपीएफलाई सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो।

पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–२० ले आफ्नो बनायो। निकै नै रोमाञ्चक बनेको खेलमा हेल्प नेपालले अन्तिम सेट २५–२२ ले जित्दैं सहज जित निकाल्यो।

उपाधि जितेको हेल्प नेपालले नगद तीन लाख रुपैयाँ र उपविजेता एपीएफले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ७५ हजार र चौथो बुलबुले रारा क्लबले ३७ हजार ५ सय रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लब र न्यु डाइमन्ड स्पोर्ट्स क्लब खेल्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार