काठमाडौंँ । ‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग बरिष्ठ अभिनेता मदनकृण श्रेष्ठले नयाँ गीत गाउने भएका छन् ।

श्रेष्ठले बिहिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै वियोन्ससँग नयाँ गीत गाउने तयारी गरेको जानकारी दिएका हुन् ।
‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन् ।
त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस गरिएको छ’ श्रेष्ठले अगाडि लेखेका छन् ‘अब वियोन्स र म मिलेर अर्को एउटा युगल गीत गाउने तरखरमा छौं ।’