गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वःमुल्यांकन सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघीय मामिला तथा सामान्य मन्त्रालयद्धारा स्वीकृत स्थानीय तह संस्थागत क्षमता स्वःमुल्यांकनको कार्यविधि २०७७ को परिधिभित्र रही मिति २०७७ चैत्र २२ गते देखि २४ गते सम्ममा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त दुई दिने कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरु, शाखाका प्रमुख तथा कर्मचारीहरुको सक्रिय सहभागीतामा स्वःमुल्यांकन प्रक्रिया अभिमुखीकरण तथा तथ्यांक प्रविष्टिकरण गरिएको थियो ।
त्यसबाट प्राप्त नतिजाको कार्यपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न शाखाहरुका प्रमुख कर्मचारीहरुसँग प्रारम्भिक समीक्षा समेत गरेका थिए ।



तथ्यांक प्रविष्टिकरणलाई कार्यपालिको बैठकबाट अनुमोदन गरी कार्यविधिले तोके अनुसार जिल्ला समन्वय समिति र प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरि वेबसाईट मार्फत सार्वजनिकीकरण गरिने बताएको छ ।
गाउँपालिका अध्यक्ष होम बहादुर रानाको अध्यक्ष्तामा सहजीकरण कार्यक्रम गरिएको आन्तरिक लेखापरिक्षक अस्मिता रेग्मीले जानकारी दिइन् ।

कार्यक्रमको समापनमा सबै सहभागी पदाधिकारी तथा शाखा प्रमुखहरुले आगामी दिनमा कार्यपालिकाको अभिलेख व्यवस्थापनमा सुधार गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।