• मंगलबार, असोज १३ २०८३

महाकुम्भ मेलामा सहभागी हुन पूर्वराजा शाह दम्पती भारत प्रस्थान


बिहिबार, चैत्र २६ २०७७
720
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। पत्नी कोमल राज्यलक्ष्मीसाथ शाह बिहीबार नेपाल एयरलाइन्सको जहाज चढेर भारत गएका हुन्।

विमानस्थल स्रोतका अनुसार नेपाल एयरलाइन्सको ११ः०५ बजेको उडानमा शाह दम्पती भारत गएका हुन्।

पूर्वराजाको स्वकीय सचिवालयले यसअघि नै उनी भारत जाने तय भएको बताइसकेको थियो। शाह दम्पती हरिद्वारामा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत गएका हुन्।

महाकुम्भ मेला आयोजक समितिले पूर्वराजारानीलाई विशेष आमन्त्रण गरेको सचिवालयले जनाएको छ।

त्यहाँको कुम्भमेलामा पूर्वराजा शाहलाई प्रमुख अतिथि बनाइने अनौपचारिक जानकारी आएको छ। तर, यसबारे शाहको सचिवालयले खुलाएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार