गोरखा । भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ बगुवाको एक परिवारले गुरुकुललाई सहयोग गरेको छ ।

स्वर्गीय देबिप्रसाद भट्टको १६ दिनको पुन्य तिथिमा परिवारका सदस्यहरुले गोरक्षनाथ बैद्धिक गुरुकुल आश्रमलाई ५ हजार ६५ रुपैयाँ नगद र केही खाद्यन्न सहयोग गरेका हुन् ।
बुधबार छोराहरु बासुदेव भट्ट, शिवप्रसाद भट्ट, रामजी भट्ट र नारायण भट्टको तर्फबाट उपलब्ध गराइएको सहयोग बासुदेवले आश्रमलाई हस्तान्तरण गरेको अस्मिता भट्टले जानकारी दिइन ।
