• सोमबार, साउन २५ २०८३

गोरखा उद्योग वाणिज्य संघ ‘क’ वर्गमा स्तरउन्नती


बिहिबार, चैत्र २६ २०७७
1K
Shares

गोरखा । गोरखा उद्योग वाणिज्य संघ ‘क’ वर्गको जिल्ला उद्योग वाणिज्य संघ हुन सफल भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको बिशेष बैठकले गोरखालाई ‘क’ वर्गमा स्तरउन्नती गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ गरेको मापनमा गोरखा उद्योग वाणिज्य संघ क वर्गका लागि योग्य देखिएपछि

आफ्नै भवन, २ हजार जना भन्दा बढि सदस्य, ५ सय जना भन्दा वढि अट्ने सभाकक्ष साथै तालिम कक्ष प्रविधिपुर्ण सचिवालय, संघवाट प्रदान गरिने सेवा, प्रकासन, सरकारी तथा गैरसरकारी निकायहरुसंगको सहकार्य,सामाजिक कार्य, कर्मचारी संख्या आदीलाई सूचकको रुपमा लिई स्तर निर्धारण गरिएको नेपाल उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले डिएफआइडीअन्तरगतको पुर्णिमा कार्यक्रमसंगको सहकार्यमा व्यबशाय प्रर्वदनात्मक कार्यहरु गर्दे आईरहेको छ । २ हजार २२५ जना सदस्यता आबद्घता रहेका छन् । नियमित रुपमा बिभिन्न सिपमुलक तालिम संचालन भईरहेको छ ।

३ जना अधिकृत स्तरका कर्मचारी सहित ७ जना कर्मचारी संघमा रहेका छन् । एम्वूलेन्स सेवा, सववहान सेवा नियमित रुपमा संचालन भैरहेको छ ।

व्यबशायीहरुलाई आवश्यक्ताको आधारमा तालिम/गोष्ठीहरु पनि संचालन भैरहेका छन् । जिल्लामा जिल्ला संघ लगाएत अन्य आठ वटा इकाईहरु रहेका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार