गोरखा । बहु बिबाह मुद्धाका गोरखाका एक फरार अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा नगरपालिका १२ का अमृत कुमाललाई नियन्त्रणमा लिइएको हो ।
३२ वर्षीय कुमालले जिल्ला अदालत गोरखाले तोकेको ११ महिना ११ दिन कैद सजाय भुक्तानी गर्न बाँकी छ ।

उनलाई प्रहरीले बुधबार जिल्ला अदालत बुझाएको प्रहरी नायव उपरीक्षण प्रकाश दाहालले जानकारी दिए ।
कैद एवं जरिवाना भुक्तानीका लागि उनलाई जिल्ला कारागार चलान गरिएको जिल्ला अदालत गोरखाले जानकारी दिएको छ ।
