• मंगलबार, असोज १३ २०८३

बुधबार थप ३३९ जनामा कोरोना पुष्टि


बुधबार, चैत्र २५ २०७७
705
Shares

काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४ हजार १०० मा पिसिआर गर्दा २ सय ९८ मा पोजेटिभ आएको र १०४० मा एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ८०९ पुगेको छ।

पछिल्लो २४ घन्टामा ७४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ५ सय २९ पुगेको छ।

कोभिडबाट मुक्त हुनेको दर ९८.१ प्रतिशत छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार