• सोमबार, साउन २५ २०८३

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


बुधबार, चैत्र २५ २०७७
575
Shares


मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान ८ बजे कैलालीको टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार