• सोमबार, साउन २५ २०८३

दीपकको ‘घिन्ताङ’मा केकी अधिकारी अनुवन्धित


बुधबार, चैत्र २५ २०७७
3.3K
Shares

काठमाडौं । ८ बर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका निर्देशक दीपक श्रेष्ठले फरक कथामा चलचित्र ‘घिन्ताङ’ बनाउँदैछन् ।

यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर, दीपकलाई कोरोना पोजिटिभ देखिएपछि छायांकन समय केही पछि धकेलियो ।

तर, चलचित्रमा दीपकले अनुवन्धित गरेका २ नायिकाले भने चलचित्र छाडे । नायिका एलिजा गौतमले यो चलचित्र छाडेपछि दीपकले नायिका लक्ष्मी वर्देवालाई राखेर यसको शुभसाइत समेत गरेका थिए ।

सरस्वती पूजाको दिन शुभसाइत गरिएको चलचित्रको छायांकन सुरु हुन नसकेपछि लक्ष्मीले पनि हात झिकिन् । लक्ष्मीले अर्को चलचित्र ‘अनन्त’को छायांकन मितिसँग यसको छायांकन मिति जुधेपछि चलचित्र छाडेको बताएकी छिन् ।

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन् ।

दीपकका अनुसार, वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । पनौती वरपर चलचित्रको छायांकन गरिने उनले बताएका छन् ।

चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् । एकल पुरुष र एकल महिलाको कथामा यो चलचित्र बन्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार