af]o/ hftsf afv|fsf @# kf7fkf7L
ax'd'vL s[lif kmfd{ k|f=ln df]/ªn] Jofj;flos afv|fkfng ug{ af]o/ hftsf] afv|fsf] @# kf7fkf7L laxLaf/ ci6«]lnofaf6 g]kfn NofPsf 5g . ;f] pGgt hftsf] afv|f ci6«]lnofaf6 g]kfn NofFbf k|ltuf]6f ? b'O{ nfv %) xhf/ k/]sf] 5 . tl:a/M sflnsf v8sf, /f;;
तनहुँ । तनहुँको भिमाद नगरपालिका—९ पाथार्दीका बाख्राफार्म पशुपालन कृषकका लागि अवलोकनस्थलका रूपमा विकास हुँदै गएको छ।

उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्नका लागि प्रायः दैनिक पशुपालन कृषक अवलोकनका लागि आउने गरेका छन्।
पाथार्दीका ६० घरपरिवारले बोयर जातको बाख्रापालन गरेर नमूना कार्य गर्नुका साथै आम्दानीको राम्रो स्रोत बनाउन थालेपछि अवलोकनका लागि कृषकको आकर्षण बढ्न थालेको हो।
तनहुँ, गोरखा, लमजुङ, पाल्पा स्याङ्जालगायतका जिल्लाबाट कृषक समूह, स्थानीय पालिकाका जनप्रतिनिधिलगायतका टोली अवलोकनका लागि आउने गरेको स्थानीय अगुवा कृषक शिवकुमार आलेले बताए। पाथर्दीलाई गत दुई वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेशकै नमूना कृषिगाउँ घोषणा गरेको थियो।
मुख्यमन्त्री कृषि नमूना गाउँका रूपमा घोषणा गरिएको पाथर्दी गाउँलाई गण्डकी प्रदेश सरकारले बाख्रा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको छ।
यस क्षेत्रका कृषकले बोयर जातको बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन्। अवलोकनका रूपमा पनि विकास हुँदै गएको उनले बताए।
करिब सात वर्षको अवधिमा यहाँका बाख्रापालक कृषकले पाथर्दीलाई नमूना कृषिगाउँका रूपमा परिचित बनाउन सफल भएका छन्।
पराम्परागतरूपमा पशुपालन तथा कृषि पेशा गर्दै आएका यहाँका कृषकले व्यवसायिकरूपमा बाख्रापालन थालेपछि आम्दानीसँगै विकासमा अघि बढेको अगुवा कृषक आलेले जानकारी दिए।
गाउँमा सुरूमा बोयर बाख्रा ल्याएर पाल्न सुरू गरेका आलेले अहिले झण्डै रु ४० लाख मूल्य बराबरका बाख्रा फार्ममा रहेका छन्।
‘बाख्रापालनबाट राम्रै आम्दानी हुन थालेपछि आफू सन्तुष्ट रहेको छु’, उनले भने, ‘वार्षिकरूपमा रु १० देखि रु १६ लाखसम्मको बाख्रा विक्री गर्दै आएको छु।’


विसं २०६४ देखि त्यस क्षेत्रका कृषकले बीउ तथा मासुका लागि बोयर बाख्रा उत्पादन गर्दै आएका छन्।
बाख्रापालनमा राम्रो आम्दानी हुन थालेपछि पाथर्दीबाट विदेशिएका युवासमेत गाउँमै फर्किएर बाख्रापालनतर्फ लाग्न थालेको वडाध्यक्ष इमानबहादुर थापाले बताए।
वैदेशिक रोजगारी त्यागेर बाख्रापालनमा भविष्य देखेका युवामध्येका एक कृषक हुन्— विनम आले।
करिब पाँच वर्ष दक्षिण कोरियामा बिताएका आलेले यतिबेला गाउँमा बोयर बाख्रालगायतका कृषि पेशा गर्न थालेका छन्।
‘परिवारको साथमा बसेर गाउँमै राम्रो आम्दानी हुने भएपछि किन विदेश जानू ? विदेशमा कमाएको पैसा गाउँमै कमाउन सकिने सम्भावना देखेर गाउँ फर्किएको हुँ’, उनले भने।
आलेले ३०० कुखुरा र करिब ३५ वटा माउसहितको बोयर बाख्रा राखेर पाल्न सुरू गरेका छन्।
कृषि पेशालाई व्यवसायिक बनाउन सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको अर्का कृषक श्रीमाया आले बताउँछिन्।
वर्षमा रु १० लाखसम्मको बोयर बाख्रा विक्री गर्ने गरेको उनले बताइन्।
‘श्रीमान, छोराहरू कसैलाई पनि विदेश पठाएको छैन’, उनले भनिन्, ‘सबै मिलेर काम गर्ने हो भने स्वदेशमै रमाइलो र खुसी हुन्छ।’
करिब रु १५ करोडको लगानीमा बाख्रा अनुसन्धान केन्द्र निर्माण गर्न लागिएको छ।
अनुसन्धान केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको वडाध्यक्ष थापाले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा रु ५० लाख बजेट अनुसन्धान केन्द्रका लागि विनियोजन गरिसकिएको छ। रासस
