माछा मार्ने क्रममा पोखरीमा डुबेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका—५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरी रहेको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीको सोही गाउँपालिका—२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।