• मंगलबार, असोज १३ २०८३

चिनियाँ खोप आजदेखि लगाइने, कस—कसले पाउँछन् ?


बुधबार, चैत्र २५ २०७७
575
Shares


काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोपआज (बुधबार) देखि लगाउन थालिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार काठमाडौंका विभिन्न अस्पतालहरूबाट खोप लगाइनेछ।

यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी/व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायत व्यापारी, प्राध्यापकहरूलगायतलाई लगाइने मन्त्रालयले जनाएको छ।

यसअघि चीनमै उत्पादित खोपको ८ लाख डोज चीनले नेपाललाई अनुदानमा दिएको थियो।

नेपालमा कोरोनाविरूद्ध प्रयोग हुन लागेको यो दोस्रो खोप हो। यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन नेपालमा प्रयोग गरिँदै आएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार