• मंगलबार, असोज १३ २०८३

एएफसी कप : श्रीलंका पुलिससँग खेल्न त्रिभुवन आर्मी तयार


मंगलबार, चैत्र २४ २०७७
615
Shares


काठमाडौं । एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले भोलि बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।

दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने खेलका लागि तयारी राम्रो रहेको आर्मीका कप्तान भरत खवासले बताए। ‘हाम्रो तयारी राम्रो छ’ उनले भने। हालै काठमाडौंमा भएको थ्री नेसन्स लिगमा बेन्चमा बसेका उनले यो खेल आफ्ना लागि पुरानै लयमा छु भन्ने देखाउने अवसर समते भएको बताए।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि नतिजा आफूहरुको पक्षमा आउने विश्वास व्यक्त गरे। ‘हामी जितका लागि खेल्छौं’ उनले भने, ‘हामी पहिला पहिलो चरणलाई पार गर्न चाहन्छौं ।’ उनका अनुसार सुमन अर्याल र टेक बहादुर बस्नेत घाइते छन्। यद्यपि, सुमनले खेल्ने सम्भावना रहेको प्रशिक्षक अर्यालले बताए।

मंगलबार आयोजित प्रि म्याच कन्फ्रेन्समा श्रीलंका पुलिसका प्रशिक्षकले पनि टोलीमा तीनजना विदेशी खेलाडी रहेकाले नजिता राम्रो आउने आशा व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार