• मंगलबार, असोज १३ २०८३

नयाँ वर्षको अवसरमा दराजले ल्यायो यस्तो अफर


मंगलबार, चैत्र २४ २०७७
935
Shares

काठमाडौं । दराजले आउँदो २९ गतेदेखि ‘नव वर्ष २०७८’ सुरु हुने घोषणा गरेको छ। नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई विभिन्न अफर ल्याएको छ।

अफरमा अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहार छ।

नयाँ ड्याटसन रेडी गो जित्ने अवसर पनि छ। साथै एक पेमेन्ट पार्टनर छुट रहेको छ। जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा एक हजारदेखि १५ सय सम्मको छुट पाउन सक्छन्।

डेबिट कार्डवाहकले एक हजारसम्मको थप छुट पाउने छन्। क्रेडिट कार्डवहाकले १५ सय सम्मको थप छुट पाउनेछन्।

पेमेन्ट पार्टनरमा नबिल बैंक, सानिमा बैंक, एनएमबी बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सन् राइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, र हिमालयन बैंक छन्।

ग्राहकहरुले आफ्नो इ–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सिमित समयमा लागि ५ सय सम्मको छुट पाउन सक्छन्।

खेल १ रुपैयाँको, एड टू कार्ड, मिसन नव वर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्ने कम्पनीको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार