• सोमबार, साउन २५ २०८३

किशोरीलाई बलात्कार गरेको आरोपमा सौतेलो बाबु पक्राउ


मंगलबार, चैत्र २४ २०७७
565
Shares

काठमाडौं । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरबाट ५९ वर्षिय सौतेलो बाबु पक्राउ परेका छन्।

उनले तीन वर्षदेखि किशोरीलाई बलात्कार गर्दै आएका अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए।

गत २७ फागुनमा श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई परिसरले पक्राउ गरेको हो। उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लामो समयदेखि बलात्कारमा पर्दै आएकी बालिका अपांगता भएकी छन्। थाइराइडका कारण उनका खुट्टा चल्दैनन्। किशोरी ललितपुरकै एक बोर्डिङ स्कुलमा पढ्छिन्।

आफूमाथि हुँदै आएको कुकर्मको विषयमा बालिकाले तीन वर्षसम्म कसैलाई भन्न नसक्दा घटनाबारे ढिलो गरी जानकारी आएको प्रहरीको भनाई छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार