• सोमबार, साउन २५ २०८३

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


मंगलबार, चैत्र २४ २०७७
545
Shares


मालबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा कुखुरा बोकेको उक्त जिप गए राति करिब १२ः२० बजे दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेको लु २ च ६३२ नम्बरको जिप तानसेनतर्फ आउँदै गर्दा कच्ची सडकबाट करिब २० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

दुर्घटनामा परेर जिपका चालक पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको उनले बताए।

गम्भीर घाइते भएका उनीहरूलाई यूनाइटेड मिसन अस्पताल पाल्पा लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार