• मंगलबार, असोज १३ २०८३

११ निर्माण कम्पनीलाई सरकारले राख्याे कालो सूचीमा (लिष्टसहित)


मंगलबार, चैत्र २४ २०७७
715
Shares

गोरखा । काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको र सोही अनुसार सोमबारको निर्णयले कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा परेका कम्पनीहरुमा हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृती कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौंको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर. एर निर्माण सेवा र मकवानपुरकै बि.ब्रदर्श निर्माण सेवा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार