
गोरखा । बहुविवाह मुद्धामा दोषी ठहर भएपनि फरार रहेका दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार पालुङ्टार ८ का २८ वर्षीय अशोक बिक र वडा नम्बर ७ का २५ वर्षीय बिष्णुबहादुर कुमाललाई नियन्त्रणमा लिएको हो ।

बिकलाई ११ महिना १० दिन कैद ५ हजार जरिबाना तोकिएको थियो । यसैगरी कुमालले पनि ११ महिना ९ दिन कैद र ५ हजार जरिबाना तिर्नु बाँकी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
उनीहरु दुबै जनालाई जरिवाना असुल र बाँकी सजाय भुक्तानीका लागि जिल्ला अदालत गोरखामा बुझाइएको उनले बताए । अदालत पनि उनीहरुलाई कारागार पठाइसकेको छ ।