• सोमबार, साउन २५ २०८३

कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना


सोमबार, चैत्र २३ २०७७
675
Shares

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका छन्।

ट्विटरमा अक्षयले भनेका छन्,‘मेरो अवस्था ठिक छ तर डाक्टरको सल्लाहमा म अस्पताल भर्ना भएको छु। मलाई विश्वास छ म चाँडै घर फर्किनेछु।’

आइतबार मात्र उनले इन्स्टाग्राममा कोरोना भाइरस संक्रमित भएको जानकारी दिएका थिए।

चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई कोरोना देखिएको थियो । चलचित्रको निर्माण टिमले छायांकन अगाडि बढाउने तयारी समेत गरिएको थियो ।

तर, चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएपछि दुई साताका लागि यसको छायांकन स्थगित गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार