• मंगलबार, असोज १३ २०८३

तिरुपति प्लाई उद्योगमा भीषण आगलागी


सोमबार, चैत्र २३ २०७७
875
Shares


इटहरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ। सोमबार मध्यान्ह इटहरी— १० स्थित प्लाई उद्योगमा आगो लागेको हो।

आगो के कारण लाग्यो भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

आगलागी सुरू भएपछि इटहरी, सुन्दरहरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका पाँच वटा दमकलले निभाउने प्रयास गरिरहेका छन्।

तर, आगलागी नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए।

आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी पनि परिचालन भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार