• मंगलबार, असोज १३ २०८३

संरक्षित वन्यजन्तुको आखेटोपहारसहित ३ जना पक्राउ


सोमबार, चैत्र २३ २०७७
765
Shares


काठमाडौँ। संरक्षित वन्यजन्तुको आखेटोपहारसहित तीनजना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका—६ झुलपाखाबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार)सहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप—महानगरपालिका ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गा.वि.स. ८ का ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाँउपालिका २का २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार) एक थान बरामद गरेको छ भने आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाण्डौमा पठाइएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार