• सोमबार, साउन २५ २०८३

मनकामनाको केबुलकार सेवा फेरि ६ दिन बन्द हुने


सोमबार, चैत्र २३ २०७७
665
Shares


गोरखा । शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना मन्दिरामा रहेको केबुलकार सेवा फेरी ६ दिन बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ गतेदेखि ३० गते सम्म केबुलकार सेवा बन्द रहने जानकारी दिएको छ ।

नियमित मर्मत संभारका लागी भनेर गत चैत १२ गते बिहीबार पनि एक दिन केबुलबार सेवा बन्द गरिएको थियो ।

केबुलकार सेवा ३१ गतेदेखि पुन नियमित संचालनमा आउने प्रालिले जनाएको छ ।

168521153_3886522388096919_2421212523604665045_n.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार