• मंगलबार, असोज १३ २०८३

भारतमा दैनिक कोरोना संक्रमणमा नयाँ रेकर्ड, थपिए १ लाख बढी संक्रमित


सोमबार, चैत्र २३ २०७७
545
Shares


काठमाडौं । छिमेकी भारतमा आइतबार एकैदिनमा अहिलेसम्मकै धेरै कोरोनाभाइरसका संक्रमित भेटिएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार १ लाख २ हजार ९ सय ८५ जना संक्रमित थपिएका छन्।

भारतमा पहिलो लहरको कोरोना संक्रमण फैलिँदा पनि एकैदिन यति धेरै मानिसमा संक्रमण भएको थिएन। गत सेप्टेम्बर १६ मा ९८ हजार १ सय ८३ जनालाई संक्रमित थपिएका थिए।

पछिल्लो समय भारतीय राज्यहरू महाराष्ट्र, पञ्जाब, छत्तीसगढमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिरहेको छ।

यसैबीच आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको विज्ञसहितको बैठकले रूसी भ्याक्सिन स्पुतनिक भीलाई १० दिनभित्र भारतमा आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको छ।

स्रोतलाई उद्धृत गर्दै द हिन्दुले आइतबार भएको उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको उल्लेख गरेको छ।

भारतले यसअघि अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले उत्पादन गरेको भ्याक्सिन र भारतमै बनेको अर्को भ्याक्सिनलाई प्रयोग अनुमति दिएको थियो।

रूसको गामालेया रिसर्च इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड बायोलोजीले बनाएको स्पुतनिक भी भ्याक्सिन दुई डोज लगाउनु पर्छ।

यो भ्याक्सिनको मुख्य चुनौती भनेको यसलाई —१८ डिग्रीमा स्टोर गर्नुपर्छ। रूसी अधिकारीहरूले भ्याक्सिनको प्रभावकारिता ९१ प्रतिशत रहेको र ५९ देशमा प्रयोग अनुमति पाइसकेको बताएका छन्।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार