• मंगलबार, असोज १३ २०८३

थपिए १७६ कोरोना संक्रमित, ११७ निको भए


आइतबार, चैत्र २२ २०७७
910
Shares


नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ५६ मा पिसिआर गर्दा १ सय ७६ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९ सय ४४ पुगेको छ।

पछिल्लो २४ घन्टामा १ सय १७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ।

यसैगरी आजसम्म कोरोना संक्रमित ४७ जना आइसियूमा र ११ जना भेन्टिलेटरमा उपाचररत छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार